रोटरी क्लबद्वारा बालबालिकाको मुटु जाँच कार्यक्रम सम्पन्न

भरतपुर । रोटरी क्लब चितवनको आयोजनामा बुधबार बालबालिकाहरुको मुटु जाँच कार्यक्रम सम्पन्न गरिएको छ ।
रोटरी पुननारायण उजेलीदेवी कार्डियाक केयर सेन्टरका अध्यक्ष डा. मनोहर प्रधानले बालबालिकाहरुमा हुने मुटु रोगको समयमा नै पहिचान गर्न सकिए सहज ढङ्गले उपचार गरेर निको पार्न सकिने भएकोले सामुदायिक विद्यालयहरुका विद्यार्थीलाई लक्षित गरी अभियान चलाइएको बताए ।
रोटरी क्लब चितवनका अध्यक्ष भानु शर्माले रोटरीले विश्वव्यापीरूपमा पोलियो अभियान चलाएर उन्मूलनको अवस्थामा पुगेको जानकारी गराउँदै आफ्नो क्लबले स्वास्थ्यसम्बन्धी धेरै कार्यक्रमहरु चलाइरहेको र आफ्नै भवनमा यो बालबालिकाहरुको स्वस्थ मुटुका लागि परीक्षण कार्यक्रमको सुरूवात गर्न पाएकोमा खुसी व्यक्त गरे ।
यो अभियानले स्वास्थ्य मुटुका लागि जागरण फैलाउने र रोगबारे समयमा नै जाँच गरी उचित उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने एवम् अन्य सहयोग गर्ने लक्ष्य लिइएको बताए । मुटु परीक्षणमा चमेलीदेवी माविका २६ जना छात्रछात्राहरुको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोज श्रेष्ठले मुटुको भिडियो एक्सरे एवम् अन्य जाँच गरेका थिए ।
कार्यक्रममा रोटरी क्लबका जनक ढकाल, प्रभा गुरूङ, गेहेन्द्र श्रेष्ठ, रुपक श्रेष्ठलगायतका रोटरियनको उपस्थिति रहेको थियो ।