चितवन महोत्सवमा अन्तर माविस्तरीय नृत्य प्रतियोगिता हुने
माघ ५, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, पानी ट्याङ्की उकालोमा स्कुटर अनियन्त्रित भई नालीमा खस्दा स्कुटर चालक युवक घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको लु ८७ प १९८ नम्बरको स्कुटर अनियन्त्रित भई नालीमा खस्दा स्कुटर चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं–१४ बस्ने ३२ वर्षीय मोहन पन्त घाइते भएका हुन् ।
चालकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र स्कुटर इलाका प्रहरी कार्यालय रामनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।