मोटरसाइकलसँग ठोक्किएर स्कुटर चालक घाइते

केशव

जेष्ठ १७, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, तालिमकेन्द्र उत्तर गेटनजिकै मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटर चालक पुरुष घाइते भएका छन् ।

बागमती प्रदेश ०६–००४प ७५४२ नम्बरको मोटरसाइकल र ना ४० प ७५०७ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालक भरतपुर–११ बस्ने ४७ वर्षीय गोदराज पन्त घाइते भएका हुन् ।

घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा मोटरसाइकल चालक भरतपुर–११ बस्ने ३० वर्षीय योगेन्द्र बस्नेत संलग्न रहेका छन् । दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय, चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।