आधारभूत स्वास्थ्यकेन्द्र मोहनामा २५१ जनाले लिए स्वास्थ्यसेवा

केशव

असार ७, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९ को आयोजना एवम् भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल र बकुलहर रत्ननगर नगरपालिकाको प्राविधिक सहयोगमा आधारभूत स्वास्थ्यकेन्द्र मोहनामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा हाडजोर्नी, नसा, पेट, छाती, स्त्रीरोग, आँखालगायतका रोगका विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिएको थियो । रत्ननगर–९, मोहनास्थित आधारभूत स्वास्थ्यकेन्द्रका इन्चार्ज विदुर बस्ताकोटीका अनुसार शिविरमा कुल २५१ जना सेवाग्राहीले लाभ लिएका थिए ।

जसमध्ये महिलाको पाठेघरको क्यान्सर जाँच (भिआइए) २४ जना, स्त्रीरोगका युएसजी जाँच ४६ जना, इसिजी १४ जना र आँखा परीक्षण १६७ जनाले लिएका थिए । शिविरमा अधिकांश सेवाग्राहीको सुगर र प्रेसर परीक्षण गरिएको थियो ।

शिविरमा डा. कृष्णप्रसाद पौडेल, स्त्रीरोग विशेषज्ञ डा. रमेश पौडेल, फिजिसियन सन्देश रौनियार, रेडियोलोजिस्ट डा. विशेष लामिछाने, डा. सविन आचार्य, डा. प्रकाश चौधरीले सेवा दिएका थिए । यस्तै, स्वास्थ्य शाखाका नर्सिङ फोकल पर्सन अम्बिका पौडेलले भिआइए परीक्षण गरेकी थिइन् ।

स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका सिअहेव अधिकृत नारायण ढुङ्गाना, सिअनमी दुर्गा श्रेष्ठ, सिअनमी सहनशिला बस्नेत, सिअहेव निरीक्षक दीपेन्द्र विक, सरोज देवकोटा, नवीना तिमिल्सिना, विशाल सिलवाल, प्रियंका सुवेदीलगायतले शिविरको व्यवस्थापन तथा सहजीकरण गरेका थिए । कार्यक्रममा अन्य स्वास्थ्यकर्मी एवम् सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।

रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु सुष्मा खड्काथोकी, कमानसिंह चौधरी, लेखबहादुर तामाङ, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सुशासन समितिका संयोजक धीरेन्द्रप्रसाद घिमिरे, सदस्य वीरेन्द्र महतो, राजस्व शाखा प्रमुख लीलानाथ अर्याल, जिन्सी शाखा प्रमुख डिम्मेश्वरी पौडेल, विपद् व्यवस्थापन समिति, बालुवाटारका अध्यक्ष रामचन्द्र पौडेल, मोहना माविका प्रधानाध्यापक दयाराम ढकाल, वडा सचिव सूर्यप्रसाद ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आँखाका समस्या भएकालाई निःशुल्क चस्मा तथा आवश्यक औषधि वितरण गरिएको थियो ।