नौरङ्गेमा गुरूङमाथि खुकुरी प्रहार गर्ने दुई युवा सार्वजनिक

केशव

जेष्ठ १४, २०८१

share this:

भरतपुर । भरतपुर–१० लाइम एण्ड लेमन रेस्टुरेन्टअगाडि वैशाख १ गते भरतपुर–११, नौरङ्गे बस्ने युकुमार गुरूङलाई खुकुरी प्रहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी आइतबार दुई जनालाई सार्वजनिक गरेको छ ।

भरतपुर–३ न्युरोड बस्ने वर्ष ३८ का राजु तामाङ र भरतपुर–११ बसेनी बस्ने वर्ष २९ को समिर गुरूङलाई प्रहरीले सार्वजनिक गरेको हो । निजहरुले युकुमार गुरूङलाई घाँटीमा धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । खुकरी प्रहार गरेपछि निजहरु फरार भएका थिए । फरार गुरूङलाई जेठ सात र तामाङलाई जेठ ९ गते पक्राउ गरिएको थियो ।

निजहरु उपर ज्यान मार्ने उद्योग मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।