हात्ती गाडी र स्कुटर ठोक्किँदा युवक घाइते

केशव

माघ १५, २०८१

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, दीपेन्द्र चोकमा हात्ती गाडी र स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक घाइते भएका छन् ।

ना ५ च ९१७ नम्बरको हात्ती गाडी र बागमती प्रदेश ०३–०२ प २०७९ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक रत्ननगर–१६ बस्ने २० वर्षीय विनोद गुरूङ घाइते भएका हुन् ।

घाइते युवकको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र उपचारमा हात्ती गाडी चालक भरतपुर–१६ बस्ने २४ वर्षीय गोबिन्द शर्मा संलग्न रहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनको कागजपत्र अस्पतालमा खटिएका प्रहरी कमाण्डले नियन्त्रणमा लिएको छ ।