काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा
जेष्ठ १३, २०८१
राप्ती । राप्ती नगरपालिका वडा नं–५, भण्डारा चोकस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री युवती घाइते भएकी छन् ।
भण्डारा चोकबाट चौकीडाँडातर्फ जाँदै गरेको ना ५३ प १७८८ नम्बरको मोटरसाइकलको ठक्करबाट मकवानपुरको राक्सिराङ–७ बस्ने १८ वर्षीया अनिता प्रजा घाइते भएकी हुन् ।
घाइते युवतीको स्थानीय अस्पताल भण्डारामा उपचार भइरहेको र उपचारमा निजका श्रीमान् सोही ठाउँ बस्ने ३० वर्षीय सागर प्रजा संलग्न रहेका छन् ।
मोटरसाइकल र चालक पूर्वी चितवनको राप्ती–७ बस्ने ३० वर्षीय सुजन सडौला नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।