भरतपुरमा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते
जेष्ठ ८, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, दियालो बङ्गला गेटअगाडि म्याजिकमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
आँपटारीबाट पुलचोकतर्फ आउँदै गरेको ना १ ज ३१६५ नम्बरको प्यासेन्जर चढाउनेक्रममा रोकिएको म्याजिकमा सोही दिशाबाट आउँदै गरेको ग ११ प ४९७४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक तनहुँको देवघाट गाउँपालिका वडा नं–५ बस्ने ३० वर्षीय बर्दन थापा र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने ३३ वर्षीय गजेन्द्र थापा घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन र म्याजिक चालक भरतपुर–२९, जुगेडी बस्ने ३२ वर्षीय चन्द्रबहादुर गुरूङ वडा प्रहरी कार्यालय नारायणगढको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।