म्याजिकमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जना घाइते
जेष्ठ १३, २०८२
भरतपुर । चितवनमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३७ जनाले चार जिपिए ल्याएका छन् ।
शिक्षा विकास समन्वय इकाइका सूचना अधिकारी रमेश अधिकारी चितवन जिल्लाको उत्तीर्ण प्रतिशत ७३.५ प्रतिशत रहेको छ । सामुदायिकतर्फ चार जिपिए ल्याउनेमा नारायणी नमुना मावि पहिलो भएको छ । यहाँबाट ७ जनाले चार जिपिए अंक ल्याएका छन् । प्राविधिकतर्फ ८४ जनासहित ७ हजार ८८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
चितवनमा ३.६ देखि ४ जिपिए ल्याउनेहरु २ हजार ५५ जना छन् । ३.२ देखि ३.६ जिपिए ल्याउने २ हजार ३३८ जना रहेका इकाइले जनाएको छ । यस्तै, २.८ देखि ३.२ जिपिएसम्ममा २ हजार १९८ जना छन् । २.४ देखि २.८ सम्म १ हजार १७३ जना, २ देखि २.४ सम्म ८५ जना रहेका छन् ।