च्याउ खाँदा एउटै परिवारका चार जना बिरामी

केशव

जेष्ठ ७, २०८२

share this:

खैरहनी । भरतपुर महानगरपालिका वडा नं–६, एकता टोलमा च्याउ खाएर चार जना बिरामी भएका छन् ।

एकता टोलका ४८ वर्षीय राजु महतोको आफ्नै खेतबाट ल्याएको च्याउको तरकारी खाँदा एउटै परिवारका चार जना बिरामी भएका हुन् ।

बिरामी हुनेहरुमा खैरहनी–६, एकता टोल बस्ने ३४ वर्षीया सन्जु चौधरी, ४८ वर्षीय राजु महतो, १४ वर्षीय मुकेश चौधरी र ६२ वर्षीय भुखल महतो रहेका छन् ।

उनीहरुको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचार भइरहेको र उपचारमा आफन्त सुभाग्य महतो संलग्न रहेको प्रहरीले जनाएको छ ।