शान्तिका लागि प्रदर्शन

केशव

असार ५, २०८२

share this:

भरतपुर । इजरायल र इरानबीच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको छ ।

विश्व शान्तिका लागि युद्ध निषेध शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको मानवअधिकार तथा शान्ति समाजले तत्काल यो युद्ध अन्त्य गर्न प्रदर्शन गरेको हो ।

प्रदर्शनमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पौडेल केन्द्रीय सदस्य शम्भु राउत मानवअधिकार सञ्जालका अध्यक्ष दीपक लामिछाने अधिवक्ता नीलकण्ठ अधिकारी सहसचिव रुविसा कोइराला कार्यसमिति सदस्य जानकी क्षेत्री, कृति चौधरी, विश्वराज ढुङ्गाना, लक्ष्मी सुवेदी, अधिकारकर्मी, झलकप्रसाद अधिकारी, प्रेमप्रसाद अर्याललगायतको उपस्थिति रहेको थियो ।

शाखा सभापति पूर्णचन्द्र चापागाईंको सभापत्तित्वमा सम्पन्न कार्यक्रम सचिव जयन्तीप्रसाद उपाध्यायले सञ्चालन गरेका थिए ।